पोखरा, भदौ १७ गते । पोखराले विभिन्न देशका शहरहरुसंग भगिनी सम्वन्ध स्थापित गरेको छ । चीन, जापान लगायत अन्य देशका शहरहरुसंग सम्वन्ध स्थापित गरेको छ । विगतमा विदेश घुम्न जाने उद्देश्यले सम्वन्ध स्थापित गर्ने गरेको आरोप समेत लाग्दै आएको थियो । तर महानगरले भागिनी सम्वन्ध स्थापित गरेका चीन र जापानका शहरहरुले पोखरा महानगरलाई दुःखमा समेत साथ दिदै सुखदुःखका सारथी समेत बनेका छन् । लामो समय जनप्रतिनिधि विहिन पोखरा महानगरमा जनप्रतिनिधि आएपछि चीनका केही शहरहरुसंग सम्वन्ध स्थापित भए । ती शहर र पोखरावीचको सम्वन्ध उदारणीय बनेका छन् । झण्डै दुई वर्ष अगाडी चीनको बुहान शहरबाट कोरोना भाइरस संक्रमण फैलियो ।
चीन कोरोना संक्रमणबाट प्रभावित बन्यो । देशले समेत सहयोग गर्ने अवस्था थिएन भने पोखरा महानगरले चीनलाई ठूलो सहयोग गर्ने हैसियत राख्थेन । तर उसले आफनो भगिनी सम्वन्ध स्थापना गरेका केही शहरलाई कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले मास्र्क पठायो । भगिनी सम्वन्ध स्थापित गरेर मात्रै हुदैन् पोखरा महानरका उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो,‘सुख दुःखको सारथी पनि बन्न सक्नुपर्छ । कोरोना संक्रमणको सुरुवातमा हामीले केही मास्क उपलब्ध गरायौ । हाम्रो हैसियत अनुसार सहयोग ग¥यौ ।’ चीनमा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आयो नेपालमा कोरोना भाइरस संक्रमण फैलियो ।
पोखरासँग भगिनी सम्वन्ध स्थापित चीनका शहरहरु कुनमिङ, गोञ्जाओ,लिन्जी र गार्जे सहरलेस्वास्थ्य सामग्री पठाए । पोखरालाई कोरोना नियन्त्रणमा सहयोग पु¥याउन मास्क, पिपिई, फेसिल, पञ्जा लगायतका सामग्रीहरु पठाए । नेपालमा फेरी दोश्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसंगै फेरी ती शहरहरुले स्वास्थ्य सामग्री पठाएका छन् । पोखरासँग भगिनी सम्वन्ध स्थापित चीनका शहरहरु कुनमिङ, गोञ्जाओ,लिन्जी र गार्जे सहरले २ करोड मुल्य बराबरको स्वास्थ्य सामग्री महानगरलाई पठाएका छन् । नेपाल चीन जनमैत्री संघको समन्वयमा २ करोड मुल्यका स्वास्थ्य सामग्री बिहिबार पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलार्ई हस्तान्तरण गरिएको छ । नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख गुरुङलाई सामग्री हस्तान्तरण गर्नुभयो । सामग्री ग्रहण गदै उपप्रमुख गुरुङले सम्वन्ध कायम गरेर भ्रमण गर्ने कुरा मात्रै महत्वपूर्ण हैन । दुःख सुखमा साथ दिनु सच्चा मित्रत हो भन्नुभयो ।
भगिनी सम्वन्ध स्थापित शहरबाट यो संकटको अवस्था प्राप्त सामग्रीहरुले कोरोना संक्रमण नियन्त्रणमा सहज भएको बताउनुभयो । नेपाल चीन जनमैत्री सघका अध्यक्ष विश्वशंकर पालिखेले चीनसंग भगिनी सम्वन्ध कायम भएका शहरहरुले धेरै सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार पोखरा सुरक्षित बनाउन दमकल, पोखरा उज्यालो बनाउन सोलार बत्ती र अहिलेको कोरोनाको महामारी नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउनुभयो । केही दिनअघि आठ हजार पिसिआर किट उपलब्ध गराउको र फेरी दुई करोड मुल्यको सामग्री पठाएको बताउनुभयो ।