“समृद्ध राष्ट्र निर्माणमा यूवाहरुको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगितामा पोखरा–८ की अपेक्षा प्रथम

पोखरा, असोज ३ गते । अन्र्तराष्ट्रिय युवा दिवस तथा संविधान दिवसको अवसरमा पोखरा महानगरपालिका युवा परिषदले आयोजना गरेको “समृद्ध राष्ट्र निर्माणमा यूवाहरुको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगितामा पोखरा–८ की अपेक्षा अधिकारी प्रथम हुनुभएको छ । त्यस्तै पोखरा १५ की सुष्मा आचार्य द्धितिय, तृतिय पोखरा ३३ का सुभाष अधिकारी हुनुभयो ।

त्यस्तै प्रतियोगितामा पोखरा ७ की कृतिका पराजुली र पोखरा २३ का शिव परियार, पोखरा ३० का सौरभ खत्रीले सान्त्वना स्थान प्राप्त गर्नुभयो । प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश दश हजार, आठ हजार, छ हजार र एक÷एक हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । विजयीहरुलाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्र्रसाद आचार्य र युवा परिषद महानगर उपाध्यक्ष हरिबोल गौतमले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा पोखरा महानगरका २९ जनाले सहभागीता जनाएका थिए ।


कार्यक्रममा बोल्दै उपप्रमुख मञ्जुदेवी गुरुङले समृद्ध नेपाल निर्माणमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै युवाहरुले ब्यक्त गरेका विचारलाई आत्मसाथ गदै अगाडी बढने बताउनुभयो । उहाँले युवाहरुको श्रमसिपलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिदै रोजगारीका अवसर सृजनाका लागि महानगरपालिका लागि रहेको स्पष्ट पार्नुभयो । महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले युवाहरुको लागिग महानगरले विभिन्न कार्यक्रम र योजना ल्याएको बताउदै युवाहरुले राष्ट निर्माणमा साझेदारका रुपमा भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


युवा संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले युवाहरुले राजनीतिक विषयमा चासो राख्दै आफनो अध्ययनलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था गरेको बताउदै यसले युवालाई स्वरोजगार बनाउन भुमिका खेल्ने बताउनुभयो । कार्यक्रम महानगर युवा परिषदका अध्यक्ष हरिबोल गौतमको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...