पोखरा २३ मा युवा तथा विद्यार्थी भेला सम्पन्न,एमालेको नेतृत्वमा मात्रै देश समृद्ध : पहारी

पोखरा, असोज ३ गते ।नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा नं २३ को बृहत युवा तथा विद्यार्थी भेला आइतबार सम्पन्न भएको छ । भेलालाई गण्डकी प्रदेश सभा सदस्य एवं युव नेता राजिब पहारीले सुखी नेपाली,संमृद्व नेपाल निर्माणका लागि सम्पूर्ण युवाहरू तथा विद्यार्थी नेकपा एमालेमा संमाहित हुनुपर्ने र पार्टीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।


उहाँले अबको नेतृत्वले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बिषयमा जोड दिदै विकास निर्माणमा एमाले बाहेक अरु पार्टीले कुन‌ै योगदान दिन नसक्ने दावी गर्नुभयो । सांसद पहारीले एमालेको एकल बहुमत आए मात्र देश संमृद्व हुने र देश विकासको लयमा फर्कने दावी गर्नुभयो ।

उक्त कार्यक्रमका विशेष अतिथि राष्ट्रिय युवासंघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले अब राष्ट्रिय युवा संघ ले समाजमा रहेका विकृती र विसंगति र भष्ट्रचारका बिषयमा अभियान थाल्ने बताउदै युवा संघ चुप लागेर नबस्ने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य दामबहादुर वि. क, जिल्ला कमिटि सदस्य गिता वि. क पोखरा १३ एमाले पार्टी वडा अध्यक्ष चेतबहादुर क्षेत्री(अर्जुन) राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य युवा नेता शिव अधिकारी , पार्टी नेता शिबलाल पराजुली, पूर्व बिद्यार्थी नेता सुर्य भण्डारी, शिक्षक संगठनका तर्फ बाट भक्त केसी,कमल पराजुल , अनेरास्ववियु केन्द्रीय सदस्य साजन सुवेदी, जिल्ला सदस्य भोलानाथ पराजुली लगायतले भनाई राख्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कास्कीका युवा नेता मिनराज खड्काको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलाले युवा नेता सन्दिप पराजुलीको नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरेको छ । त्यस्तै एकराज पराजुलीको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु वडा कमिटी र राजेश घोतानेको नेतृत्वमा युथ फोर्स वडा कमिटी गठन गरेको छ । साथै उक्त कार्यक्रम को अवसरमा बाढिले वडा नं २३ मा गएको पहिरोले घरबार बिहिन बन्न पुगेका राजेश नेपाली र दिल बहादुर नेपालीलाई जनही पाँच पाँच हजार नगद सहयोग प्रदान गरिएको थियो । कार्यक्रमको संचालन युवा नेता रघुनाथ लामिछानेले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...