नानी शुक स्मृति प्रतिष्ठानद्वारा विद्यालयमा २ लाखको अक्षयकोष

पोखरा, असोज ४ गते ।नानी–शुक स्मृति प्रतिष्ठानले मुस्ताङको मार्फास्थित जनबाल माविमा २ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।प्रतिष्ठानले विद्यालयको शैक्षिक प्रगतिका लागि २ लाखको अक्षयकोष खडा गरी सोबाट आउने व्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीलाई पुरस्कृत गर्ने जनाएको छ ।

शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा २०६२ सालमा प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानले हरेक वर्ष शैक्षिक तथा सामाजिक व्यक्तित्वको पहिचान गरी सम्मान गर्दै आएकोमा यसपालिका कोभिडका कारण शुकबहादुर र नानीमायाको जन्मथलो मार्फाको सो विद्यालयमा अक्षयकोष स्थापना गरेको प्रतिष्ठान संरक्षक वीरेन्द्र हिराचनले जानकारी दिए ।

 

यसैबीच, प्रतिष्ठानको १७ औं वार्षिकोत्सव तथा पुण्यतिथि समारोह सम्पन्न भएको छ । संस्था अध्यक्ष तारानाथ गौतमको अध्यक्षतामा भएको समारोहमा बौद्ध लामा लक्ष्मीप्रसाद थकाली गुरुबाट मन्त्रोचारण भएको थियो ।

 

संस्था उपाध्यक्ष हेरम्बप्रसाद कोइराला र संरक्षक वीरेन्द्रकुमार हिराचन संस्थाका गतिविधिबारे प्रष्ट पारेका थिए । कार्यक्रम सञ्चालन सहसचिवव मखन हिराचनले गरेका थिए भने लक्ष्य हिराचन र वीरेन्द्र हिराचनले आमा र फूलको आँखानामक गीत गाएका थिए । साथै, संस्थाका शुभेच्छुक, सल्लाहकार चेतन कार्की र संस्थाका आजीवन सदस्य हिमाली संस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै स्मरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...