पोखरामा भोलिदेखि ४५ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप लगाइने

पोखरा, असोज ७ गते ।पोखरामा शुक्रबार देखि ४५ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

पोखरा महानगरपालिकाले ८ देखि ११ गतेसम्मको खोप लगाउने कार्यतालिका सार्वजनीक गरेको छ ।

महानगरपालिकाले महानगरभित्र ४९ वटा खोप केन्द्र तोकेको छ । खोप महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाइने छ । महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ । चीनबाट ४४ लाख खोप आएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...