काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापतिमा विरेन्द्र विजयी

पोखरा, असोज ९ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सभापतिमा विरेन्द्र गुरुङ विजयी हुनुभएको छ । शनिबार भएको मतदानको मतगणना अनुसार उहाँले ९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ी मधुसुदन अधिकारीले ७६ मत प्राप्त गर्नुभयो ।


उपसभापतीमा ८८ मत ल्याएर मिनबहादुर गुरुङ विजयी हुनुभयो भने र ८७ मत ल्याउँदै रामबहादुर गुरुङले जित प्राप्न गर्नुभयो । त्यस्तै सचिवमा ९३ मत प्राप्त गरी केशवराज अधिकारी, ७५ मत प्राप्त गर्दै सञ्जय लम्साल विजयी बन्नुभयो । त्यसैगरी सहसचिवमा ८३ मत प्राप्त गदै बालकृष्ण गौतम र ८८ मत महादेव गुरुङ विजयी हुनुभएको काँग्रेस कास्कीले जनाएको छ ।

सदस्यमा महिलातर्फ वडा नं १ बाट जमुना पुन, वडा नं २ बाट जमुना गुरुङ, वडा नं ३ बाट सीता भुजेल, ४ बाट पुमा कुमारी शर्मा, ५ बाट ईन्द्रकुमारी गुरुङ, ६ बाट सावित्री गौतम, ७ बाट किरण उचाई क्षेत्री, ८ बाट तारा गौतम र ९ बाट अजिता तामाङ निर्वाचित हुनुभएको छ ।

त्यसै गरी १८ पदका लागि पुरुषतर्फ वडा नं १ (क) बाट ईन्द्रबहादुर गुरुङ र (ख) हुमबहादुर गुरुङ , वडा नं २ (क) बाट भिमबहादुर गुरुङ र (ख) तिलकुमारी तामाङ, वडा नं ३ (क) बाट नविन कुमार श्रेष्ठ र (ख) भिममाया श्रेष्ठ, वडा नं ४ (क) बाट लिलाधर ढकाल र (ख)बलराम अधिकारी, वडा नं ५ (क) बाट राजुप्रसाद ढुंगाना र (ख) श्यामबहादुर गुरुङ निर्वाचित हुनुभयो ।त्यसैगरी वडा नं ६ (क) बाट दिनानाथ दवाडी र (ख) नन्दलाल ढुंगाना, वडा नं ७ (क) बाट लेखा गुरुङ र (ख) विनय गुरुङ, वडा नं ८ (क) बाट अर्जुन दमाई र (ख) नारायण अधिकारी र वडा नं ९ (क) बाट खुसीमान गुरुङ र (ख) चन्द्रबहादुर पौडेल क्षेत्री निर्वाचित हुनुभयो ।

 

गाउँपालिकामा क्षेत्रीय प्रतिनिधि र वडा ईकाई सभापति गरी १ सय ७१ मध्ये १ सय ६९ मत खसेको थियो । खसेको मध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...