पोखरा, असोज १२ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसंग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गर्नुभएको छ । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा, पर्यटन पूर्नउत्थान लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
भेटमा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोनाका कारण अपेक्षाकृत काम गर्न नसकेको बताउदै जति भएको छ त्यो उपलब्धि मुलक रहेको बताउनुभयो । देश नयाँ शासन व्यवस्थाबाट अगाडी बढेका कारण ऐन, कानून निर्माण गर्नुपर्ने र कार्यालय व्यवस्थापनमा पहिलो वर्षका समय खर्चिएको र त्यसपछि विकास निर्माण अगाडी बढाएपनि कोरोना भाइरसका कारण समस्या भएको बताउनुभयो ।
उहाँले सघियताको जग स्थानीय तह भएकाले पूर्वाधार निर्माणका काम र नीति निर्माण गरेको बताउदै पोखरा कस्तो बनाउने भन्ने खाका तयार पारेको र नयाँ टिमलाई हस्तान्तरण गरिने बताउनुभयो । कोरोनाका कारण नतिजा आउन सकेन् उहाँले भन्नुभयो, ‘कठिन अवस्थामा पनि धेरै काम भएको छ । अव समय धेरै छैन् । त्रिवर्षिय योजना तयार पारेका छौ त्यो नयाँ नेतृत्वलाई हस्तान्तरण गछौँ । आवश्यकता अनुसार त्यसको कार्यान्वयन हुने छ ।’ उपप्रमुख गुरुङले यूएनडिपीले रोजगारी, आर्थिक उपार्जन र महिलाको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रममा गरेको सहयोगको प्रशंसा गदै आगामी दिनमा पनि सहयोगको निरन्तर रहने विश्वास ब्यक्त गर्नुभयो ।
ंसयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले पोखरालाई ग्रिन सिटिको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरालाई हरित उद्यम योजनासंग जोडनुपर्छ उहाँले भन्नुभयो,‘त्यसका लागि युवाहरुलाई उद्यमसंग जोडनुपर्छ र गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ ।’ उहाँले नेपालमा लैगिंक हिंसा, निर्वाचन आयोग, मानवअधिकार लगायतका क्षेत्रमा काम गरिरहेको बताउदै पोखरा र गण्डकी प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा र गण्डकी प्रदेशको पर्यटन पूर्नस्थापना गर्नसके यसबाट रोजगारी सृजना गर्न सकिन्छ भन्नुभयो ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले पोखरा महानगरको बारेमा जानकारी गराउनु भएको थियो । यसैवीच यूएनडिपीले पोखरा महानगरलाई ५ लाख रुपैयाँ बराबरको अनलाईन कन्फरेन्स सामाग्री हस्तान्तरण गरेको छ । उपप्रमुख गुरुङलाई युएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले सामग्री हस्तान्तरण गर्नुभयो ।