पोखरा, असोज १३ गते । पोखरा महानगरपालिका वडा नम्वर १८ को नयाँ कार्यालय भवन निर्माण हुने भएको छ । नयाँ बन्ने वडा कार्यालय भवनको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार शिलान्यास गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सेवा प्रवाहलाई सहज र सरल बनाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताउनुभयो । ‘जन्मदेखि मृत्युसम्म नागरिकहरु आउनुपर्ने वडा कार्यालय हो, त्यसैले सेवा दिने र लिने दुबैलाई सहज हुनुपर्छ ।’ उपप्रमुख गुरुङले पोखरा महानगरलाई स्मार्ट सिटि बनाउने योजना अनुसार वडा कार्यालयकबाटै सुरुवात गर्नुपर्छ भन्ने उद्देश्यले प्रविधिमैत्री हुनुर्पछ भन्नुभयो ।
वडा कार्यालयहरु प्रविधिसंगै महिला, बालबालिक, ज्येष्ठ नागरिक र अपांगमैत्री हुनुपर्नेमा जोड दिदै भन्नुभयो,‘अहिले वडा कार्यालयहरुबाट धेरै सेवा प्रवाह हुने भएकाले कार्यालयहरु व्यवस्थित र भौतिक पुर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ पोखराको न्यूरोडको मुख्य कार्यालयबाट प्रवाह हुने सेवा राजस्व संकलन, घरनक्सापास, योजना फरफारक लगायतका केही अधिकार वडा कार्यालयमा प्रत्यायोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।उहाँले जनप्रतिनिधिको कार्यकालको अन्त्य तर्फ आएको भएपनि पदमा जति समय रहेपनि इमान्दारीका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरका प्रमुख प्रशाकीय अधिकृत महेश बरालले स्थानीय सरकार जनताको नजिकको सरकार भएको र त्यसको सेवा प्रवाहको विन्दु वडा कार्यालय रहेको बताउनुभयो । उहाँले वडा कार्यालय सबैको साझा भएकाले यसको निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउदै निर्माण जिम्मा पाएको कम्पनीलाई निर्धारित समयमित्रै सम्पन्न गर्न आग्रह गदै कुनै समस्या देखि त्यसको समाधानमा सहजीकरण गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।
पोखरा महानगरका प्रवत्ता एंव वडा नम्वर ५ का अध्यक्ष धनबहादुर नेपालीले सेवाग्राहिलाई मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्नेमा जोड दिदै त्यसका लागि प्रविधि भित्राउदै व्यवस्थित गर्ने प्रयासमा महानगर लागि रहेको बताउनुभयो । २ करोड ६४ लाख ५६ हजार ५ सय १४ रुपैयाँको लागतमा निर्माण हुने कार्यालय भवनको ठेक्का सिम्रन सिद्धार्थ सरस्वती जेभिले पाएको छ । एक वर्षमा निर्माणमा सम्पन्न हुने भवन साँढे दुई तले हुने छ । भवन अपांगमैत्री हुने महानगरका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङे जानकारी दिनुभयो ।
वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष शारदा पराजुली, वडा सदस्य भोजकुमारी थापा, नेपाली काँग्रेस वडा सभापति शिवप्रसाद तिमिल्सिना, निर्माण कम्पनिका खेमराज तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।