म्याग्दी, असोज १५ गते । दुई नेपाली महिलासहितको टोलीले विश्वको सातौं अग्लो धौलागिरि हिमाल शुक्रबार विहान सफल आरोहण गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने धौलागिरि हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पासहितको टोलीले सफल आरोहण गरेको हो ।
सफल आरोहणसँगै टोलीले धौलागिरी चुचुरोमा पाइला टेक्ने दुई नेपाली महिलाको कीर्तिमान बनाएका छन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पा असोज २ गते मुस्ताङको मार्फाहुँदै पैदलमार्ग भएर धौलागिरि हिमाल आरोहणमा गर्नुभएको हो ।
पूर्णिमासहित आफ्नो कम्पनिका २० जनाले शुक्रबार बिहान ५ बजे धौलागिरिको सफल आरोहण गरेका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।