पोखरामा दश मिनेटमै सवारी चालक अनुमति पत्र

पोखरा, असोज १५ गते । चालक अनुमतिपत्र पाउन अव महिनौ पर्खिनु नपर्ने भएको छ । गण्डकी यातायात कार्यालय सवारी चालक अनुमति पत्र पोखराले परीक्षणकालीन चालक अनुमतिप वितरण सुरु गरेको छ । पोखरामा राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र पाइने भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुभारम्भ गर्नु भयो ।


मन्त्री खड्काले यातायात कार्यालयलाई पेपर लेस बनाउने योजना अनुसार अगाडी बढेको बताउनुभयो । यो वर्ष कागजमा भएका प्रमाणहरूलाई डाटामा इन्ट्री गर्ने काम सकिने छ । कार्यालय पेपर लेस हुने छ उहाँले भनुभयो, ‘अब सेवा ग्राही घण्टौँ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने छौँ ।’ प्रदेश मा अहिले करिब ८७ हजार आवेदकहरूको नयाँ लाइसेन्सको पर्खाइमा रहेको भन्दै मन्त्री खड्काले सार्वजनिक सवारीहरूमा जि.पि.एस जडान गरी कुन सवारी हो भन्ने रङ्ग लगाउन आवश्यक रहको बताउनु भयो ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले नागरिकहरूलाई लाइसेन्स लिन निकै समस्या भइरहेको बताउदै अब ट्रायल विधि पनि नयाँ सिस्टम समेत नयाँ बनाउने तर्फ प्रदेश सरकारले काम गर्न लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी ट्राफिक प्रहरी प्रमुख ठगबहादुर के.सीले अब नागरिक र प्रहरीलाई यो परीक्षणकालीन लाइसेन्सले सजिलो हुने र दुरुपयोग कम हुने विश्वास ब्यक्त गर्नुभयो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराका प्रमुख भरत राज काफ्लेका अनुसार अव सेवाग्राहीलाई कुनै झन्झट नहुने बताउदै कार्यालयले त्यसलाई व्यवस्थित गरेर अगाडि बढाएको बताउनुभयो ।

परीक्षणकालीन लाइसेन्स पाउने पहिलो सेवाग्राही दर्पन थारुले लाइसेन्स पाए पछि खु््शी ब्यक्त गदै आफूले लामो समय सम्म लाइसेन्स नपाउँदा घरमा भएको मोटरसाइकल समेत चलाउन नपाएकोमा अव भने चलाउन पाइने बताउनुभयो । मजुदरी गर्ने थारुले दैनिक १० किलोमिटर हिँडेर काम गनर्् जाने गरेको पीडा सुनाउदै अब त्यो बाध्यता हटेकोमा प्रदेश सरकारलाई धन्यबाद दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...