ट्राफिक प्रहरीको चाडपर्व सुरक्षा योजना, ३०३ ट्राफिक परिचालन

५१ स्थानमा चेकिङ, यात्रु सहायत्रा कक्ष २६ स्थानमा

पोखरा, असोज २१ गते ।गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनी गरेको छ ।नेपालीहरुका ठूला चाडपर्व नजिकिएसंगै ट्राफिक प्रहरीले आफनो योजना सार्वजनी गरेको हो। विजया दशमी, दिपावली, छठ लगायतका पर्वहरुका अवसरमा चाडपर्वको रौनकसंगै कोरोना भाईरसको महामारी समेत बढ्ने सम्भावना रहेकाले सचेतना जनाउनुपर्ने उल्लेख गरेको छ।

चाडपर्वको समयमा सवारी दुर्घटना लगायत सवारी नियम उल्लंघनका घटनामा समेत वृद्धि हुन सक्ने हुँदा त्यस्ता घटनाहरुलाई समयमै नियन्त्रण गरी सुरक्षित तवरले चाड पर्व मनाउने, कोरोना महामारीको जोखिम न्यूनिकरण गर्ने वातावरण सिर्जना गर्न गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट कार्यान्वयन हुने गरी चाडपर्व सुरक्षा योजना २०७८ तयार गरी कार्यान्वयनमा ल्याईएको ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

योजनाका उद्देश्य चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने, सडक प्रयोगकर्ताहरुमा ट्राफिक चेतनाको विकास गर्नु, सवारी साधनको प्रयोग गरी हुने अपराध नियन्त्रण गर्नु, सडक यातायातलाई सुरक्षित बनाई यात्रुमैत्री सहज वातावरण मिलाउनु, कोरोना भाइरस संक्रमणको खतराबाट सर्वसाधरणलाई सुसुचित गराई जोखिम न्यूनिकरण गर्ने रहेका छन् ।

क्षमता भन्दा बढी यात्रु तथा मालसामान ओसार पसार हुन नदिने,यात्रु ठगिने र लुटिने सम्भावनालाई न्यून गर्ने, धार्मिक स्थलहरुमा तीर्थ यात्री र दर्शनार्थीहरुको व्यवस्थापन गर्ने,कोरोना महामारीको जोखीमबाट सर्वसाधरणलाई सुरक्षित राख्ने र विपद उद्वार गर्ने गरी योजना सार्वजनीक गरिएको छ ।

चाडपर्व सुरक्षा योजना सफल बनाउन गण्डकी प्रदेशमा ३०३ जना ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक एवं प्रवत्ता ठगबहादुर केसीले जानकारी दिनुभयो । स्थायी डिउटीः( ६७ स्थानमा,नियमित चेकिङः ५१ स्थानमा, मापसे चेकिङः २८ स्थानमा, यात्रु सहायता कक्ष २६ स्थानमा, मोवाईल गस्ती १५ वटा, क्यूआरटी १२ टोली, राजमार्ग गस्ती १२ वटा,र विपद उद्वार तथा कोरोना जोखिम नियन्त्रण १२ टोली परिचालन गरिने ट्राफिक प्रहरी कार्यालय गण्डककिा प्रहरी नायव उपरीक्षक एवं प्रवत्ता केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रदेश भित्रका जिल्लाहरुमा पहिचान भएका ११५ वटा अत्याधि दुर्घटना स्थलहरुमा सम्वन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट विहान विहान ६ देखि मध्यराती १२ बजेसम्म अत्याधिक दुर्घटना हुने समयमा दिनको २ पटक चेकजाँच गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...