प्रचण्ड र माधव नेपालले गद्धारी गरे :सांसद अधिकारी

पोखरा, असोज २१ गते ।संघीय सांसद, पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य खगराज अधिकारीले प्रचण्ड र माधव नेपालले गद्धारी गरेको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले पोखरा २८ कमिटिले बिहिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता अधिकारीले एउटै घोषणपत्रबाट चुनाव जितेर बनेको सरकार हटाएर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर गद्धार गरेको बताउनुभयो । ‘प्रचण्ड र माधव नेपालले गद्धारी गरे ।उनीहरु विदेशीको गोटी बनेका हुन् ।खेल विदेशीको हो ।’ प्रचण्ड र माधव नेपालेले पार्टी फुटाएको बताउदै भन्नुभयो,‘देउवा सरकारले तीन महिनासम्म सरकार विस्तार हुन सकेको छैन । विस्तार भएपछि तीन महिना खाता, माला लगाउदैमा जान्छ । काम केही हुदैन् ।’


उहाँले प्रधाननन्याययधीश चोलेन्द्र शम्शेर राणले केपी ओलीसंग पनि मन्त्रीको कोटा मागेको बताउदै प्रस्ताव अस्विकार गरेको खुलासा गर्नुभयो । “सर्वोच्चका प्रधान न्यायधीशले केपी ओलीसँग पनि माग्या थिए’, अधिकारीले भन्नुभयो,’तपाईहरु न्यायपालिकाको काम गर्नुस, हामी व्यवस्थापिकाको काम गर्ने हो, हामी स्वतन्त्र निकाय हौँ समन्वय हुन्छ, मेरो काम मन्त्री बनाउने हो, तपाईको काम सरकारले गरेका काम कानून अनुसार नभए तपाईले हेर्ने हो, भनेर ओलीले भन्नुभएको होे ।’ कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, प्रदेश सांसद मनबहादुर गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री अधिकारी, वडा नम्वर २८ का वडा अध्यक्ष निर्मल दियाली,युवा संघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङलगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...