मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं, असोज २२गते । झण्डै तीन महिपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।


बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उहाँले बताउनुभयो । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् । तीन महिनासम्म सरकार विस्तार नहदाँ चर्काे आलोचना हुने गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार विस्तार गर्न नसक्ने सरकारबाट अरु कामको आशा गर्न नसक्ने बताउदै आलोचना गदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...