प्रधानमन्त्री देउवा आज पोखरा आउदै,गण्डकीलाई साक्षर घोषणा गरिने

पोखरा, असोज २४ गते ।गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । आज पोखरामा विशेष समारोहका साथ साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउदै हुनुुहुन्छ । साँढे दश बजे प्रधानमन्त्री देउवा पोखरा उत्रने र त्यसपछि नयाँ बजार स्थित क्षेत्रीय संग्रहालयमा पुगेर साक्षर स्तम्भको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ११ बज पोखरा सभागृहमा हुने औपचारीक कार्यममा देउवा सहभागी हुने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो ।गण्डकी प्रदेशको औषत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत भएकाले घोषणा गर्न लागिएको हो ।


अघिल्लो सरकारकै नीति तथा कार्यक्रममा २ वर्षभित्र घोषणा गर्ने उल्लेख गरिएको थियो सोही कार्यक्रमलाई निरन्तरता दिदै घोषणा गर्न लागिएको हो । पोखराको क्षेत्रीय संग्रहालयमा साक्षर स्तम्भ निर्माण गरिएको र त्यसको काम पुराभएको छ मन्त्री क्षेष्ठले भन्नुभयो, ‘त्यही स्तम्भव अनावरण गर्ने र पोखरा सभागृहमा औपचारीक कार्यक्रम मार्फत प्रधानमन्त्रीले साक्षर प्रदेश घोषणा गर्नुहुन्छ ।’

मन्त्रालयले प्राप्त तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुवँरले बताउनुभयो ।

जिल्लागत रुपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् उहाँले भन्नुभयो । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ मा घोषणा भएको थियो । २०६८ सालको जनगणना अनुसार गण्डकीमा ८३.८ प्रशित पुरुष र ६७ प्रतिशत महिला सारक्ष भएको र त्यसलाई बढाएर ९५ प्रतिशत पु¥याएका कारण घोषणा गर्न लागिएको मन्त्रालयले बताएको छ । नेपाल सरकारले १५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी साक्षर नेपाल घोषणा गर्ने नीति लिएको छ ।

सरकारको नीति अनुसार अनौपचारिक शिक्षा केन्द्रबाट २०६७ सालमा स्थलगत घरधुरी सर्वेक्षण गरी निरक्षहरुको नाम नामेसी विवरण संकलन गरिएको मन्त्रालयले जनाएको छ । सोही विवरणको आधारमा राष्टिय साक्षरता अभियान २०६५ देखि २०६८ र साक्षर नेपाल अभियान(२०६९ देखि २०७२) सञ्चालन गरिएको जनाइएको छ । नेपाल सरकारले २०७५ सालमा स्वीकृत भएको साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्रमा संयूक्त राष्टसंघको विश्वब्यापी अभ्यासलाई समेत अनुसर गदै न्यूनतम १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएकोे क्षेत्र, जिल्ला वा राष्टलाई साक्षर घोषणा गर्न सकिने नीति अनुसार विभिन्न मितिमा प्रदेशका सबै जिल्ला साक्षर घोषणा भै सकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...