पोखरा, कात्तिक १ गते ।नेकपा एमाले कास्कीले नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ, ईद, उभौली, ल्होसार २०७८ एवं नेपाल सम्वत ११४२ लगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले कास्की जिल्ला कमिटिले चियापान कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
एमाले कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा हालै बसेको बैठकले कात्र्तिक ३ गते पोखरा सभागृहमा विहान ७ः४५ बजे शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । गत दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण चियापान कार्यक्रम आयोजना हुन सकेको थिएन । विगतमा कोरोना महामारीले कार्यक्रम भएन अध्यक्ष थापाले भन्नुभयो, यस पटक कोरोना सक्रमणको दर घटेको र धेरैले खोप समेत लगाइसकेको हुदाँ स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रम गर्न लागेका छौ ।
कोरोनाका कारण भेटघाट हुने अवस्था थिएन त्यसैले चाडपर्वको अवसरमा प्रत्यक्ष भेटघाट गर्ने, शुभकामना दिने र पछिल्लो राजनीतिक अवस्था बारे कार्यकतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाको भनाई छ ।पोखरा सभागृहमा हुने चियापान कार्यक्रममा ३ हजार नेता कार्यकता सहभागी गराउने तयारी भैरहेको एमाले कास्कीका सचिव दामोदर बैरागीले बताउनुभयो ।
कार्यक्रमलार्ई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबै समिटिहरुलाई परिचालन गरी सर्वसाधारण, सुभेच्छुक, कार्यकता लगायत सवैलाई चियापानमा आमन्त्रण गर्न निमन्त्रणा गरीने एमाले कास्कीका प्रचार विभाग प्रमख तेजनारायण अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रमुख बक्ताको रुपमा एमाले महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल पोखरा आउने अधिकारीले जानकारी दिनुभयो ।