पोखरा, कात्तिक ३ गते।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चाडपर्वहरु सामाजिक सद्भाव मजबुत बनाउने आधार भएको बताउनु भएको छ ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले नेपाल धार्मिक, सांस्कृतिक र जातीय रुपमा विविधतायुक्त देश भएको बताउनुभयो ।
उहाँले सामाजिक सद्भाव मजबुत बनाउन सबै धर्म, संस्कृति र जातीको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमाले राष्ट्रिय एकता, सामाजिक सद्भावका माध्यमबाट समृद्ध नेपाल निर्माणको आधार तयार गर्ने दिशामा अगा
डी बढेको उल्लेख गर्नुभयो ।