धर्म संस्कृतिलाई पर्यटनसंग जोड्नु पर्छ :मन्त्री बराल

पोखरा, कार्तिक ६ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपाली धर्म, कला, संस्कृतीलाई अब पर्यटनसंग समेत जोड्नुपर्ने बताउनु भएको छ । पोखरा २२ मा रहेको ज्योर्तिलिङग् शिवालय मन्दिरको चौथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसनको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री बरालले नेपाल प्रकृतिमा धनि भएसंगै नेपाल बहु जातजातिको बाहुल्यता भएकोले यहाँको धर्म र संस्कृतिलाई समेत पर्यटनसंग जोड्नुपर्ने बताउनु भएको होे ।

नेपालको धर्म र संस्कृतिले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गरी पर्यटनबाट समेत आर्थिक विकास गर्न सकिने मन्त्री बरालको भनाई थियो । गुप्तेश्वर गुफा, विश्व शान्ति स्तुपा, पुम्दीकोटको बिशाल महादेवको मुर्ति क्षेत्रमा धार्मिक पर्यटकहरुको ठुलो भिडभाड सुरु भएको बताउदै मन्त्री बरालले धार्मिक र एतिहासिक महत्व राख्ने नेपाली परम्परागत मठ मन्दिर र शिवालयहरुको संरक्षण गर्ने पर्नेमा समेत जोड दिनु भयो । नेपालमा बसै धर्मलाई समान व्यवहार गर्नु राज्यको दाहित्व भएको बताउदै मन्त्री बरालले नेपालमा धार्मिक सहिष्शुणता भएको दाबी गर्नु भयो । पोखरा २२ को घैयाखेतको शिवालय मन्दिर सहितको उक्त क्षेत्रमा बाटो लगायतको विकास निर्माणमा प्रदेश सरकारले सानो ठुलो केही न केही सहयोग गर्ने मन्त्रीले वचन दिनु भयो । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले बिशाल महादेवको मुर्तिका कारण पुम्दी भुम्दीमा धार्मिक पर्यटनको सम्भावना ह्वात्तै बढेको बताउनु भयो ।

 

ज्योर्तिलिङग् शिवालय मन्दिरका अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पण्डित पुण्यप्रसाद बराल, गुप्तेश्वर गुफा समितिका उपाध्यक्ष इश्वरी लम्साल, मन्दिरको अनुगमन समितिका संयोजक ऋषिराम बराल, उपाध्यक्ष खेमराल बराल, महासचिव मोहनकुमार मैनाली, कोषाध्यक्ष सुनिता पौडेल लगायतले वोलेका थिए । करिब ४ बर्ष अघि स्थापना गरिएको उक्त मन्दिरमा हाल २१ लाख ५५ हजार लगानी भएको छ भने मन्दिरमा हाल दैनिक पूजा पाठ गर्न एक जना पुजारी राख्नुपर्ने अबस्था रहेको अध्यक्ष अर्यालले जनाए । समितिले करिब २४ लाख ५८ हजार आम्दानी गर्न सफल भए पनि मन्दिर निर्माण, प्रशासनिक सहितको अन्य खर्च गर्दा हाल समितिसंग नगद नभएको कोषाध्यक्ष पौडेलले बताउनु भयो । विश्व शान्ति स्पुताः जाने बाटो घैयाखेत हुदै लैजादा त्यस क्षेत्रको समेत पर्यटन प्रबद्र्धन हुने स्थानियले बताएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...