पोखरा महानगरका ३३ वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन(अध्यक्षको नाम सहित)

अपोखरा, कात्र्तिक ६ गते । नेकपा एमालेले शनिबार देशैभरका वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ ।देशभरका ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । यता कास्की जिल्लाका पाँच स्थानीय तहका वडाहरुमा समेत अविधेशन सम्पन्न भएको छ ।

चार गाँउपालिका र पोखरा महानगरका वडाहरुमा अधिवेशन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले निर्विरोध रुपमा नेतृत्व चयन गरेको हो ।सर्वसम्मत भएका वडाहरुमा वडा कमिटिका नाम सार्वजनीक भएका छन् । पोखरा महानगर अन्र्तगत वडा नम्वर ७ को अध्यक्षमा किशोर सहित ५१ सदस्यीय टिम निविरोध निर्वाचित भएको छ । जसको उपाध्यक्षमा शारदा गिरी,सचिवमा गणेश श्रेष्ठ , उपसचिवमा कमला जलारी, दिपक कार्की चयन हुनुभएको छ ।


यता वडा नम्वर १५ मा पनि सर्वसम्मत कमिटि चयन भएको छ । अध्यक्षमा भोज बहादूर गुरुङ्ग उपाध्यक्षमा खेम बहादुर थापा सचिव पार्वती कार्की र उपसचिवमा मन्दिरा परिवार र आशिष भण्डारी सर्वसम्मत हुनुभएको छ । वडा नम्वर ४ को अध्यक्षमा शंकर बहादुर कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै वडा नम्वर १३ को अध्यक्षमा निकलण्ठ सिग्देल सर्वसम्मच चयन हुुनुभएको छ । पोखरा २७ को अध्यक्षमा सुर्यमणी लामिछाने, पोखरा १२ को अध्यक्षमा बलराम ढुंगाना, पोखरा २ को अध्यक्षमा दीपक शाह,, पोखरा २५ को अध्यक्षमा ऋषिराम पौडेल चयन हुनुभएको छ ।यता पोखरा १ को अध्यक्षमा रामबिक्रम राणा निर्विरोध निर्वाचित हुनुभएको छ ।उपाध्यक्षमा सहारा प्रधान,सचिवमा राधा बराल अधिकारी,उपसचिवमा शोभा गुरुंग र कल्पना बास्तोला चयन हुुनुभएको छ ।

यस्तै पोखरा ३१ को अध्यक्षमा चिरञ्जीवी बञ्जारा चयन हुुनुभएको छ । अधिवेशनले उहाँको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।नेकपा एमाले पोखरा महानगर वडा कमिटी १० को प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले सुर्य बानियाँलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा सिता तिमिल्सिना,सचिवमा राजु श्रेष्ठ,सहसचिवमा कमल बस्नेत,सहसचिवमा जानुका अधिकारीलाई चयन गरेको छ ।पोखरा १९ को अध्यक्षमा विष्णु गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । कमिटिकाा उपाध्यक्षमा धर्ममानसिंह भन्डारी ,सचिव बिकास गौतम ,उपसचिव दुर्गा बस्नेतर्लाइ चयन गरेको छ । महानगरका सवै वडा अविधेशनको विवरण आइसकेको छैन् ।

पोखरा महानगरका ३३ वडाका एमाले अध्यक्ष
१,रामबिक्रम राण
२, दिपक शाह
३,सुरेन्द्र परियार
४,शंकरबहादुर कोइराला
५,बिष्णु बराल
६,बलराम पहारी
७,किशोर बराल
८,
९,
१०,सुर्य बानियाँ
११,मिन बहादुर गुरुङ
१२,बलराम ढुङ्गाना
१३,निलकण्ठ सिग्देल
१४,बटुकृष्ण कुंवर
१५,भोजबहादुर गुरुङ
१६,
१७,रिषभ तिमिला
१८,पुष्कल थापा
१९,विष्णु गौतम
२०,
२१,
२२,राजेन्द्र बराल
२३,
२४,शिवप्रसाद सुवेदी
२५,ऋििषराम पौडेल
२६,
२७,सूर्यमणी लामिछाने
२८,रामकृष्ण तिवारी
२९,प्रमोद भण्डारी
३०,कृष्णप्रसाद अधिकारी
३१,चिरञ्जीवि बञ्जारा
३२,चिरन्चीवी तिवारी
३३,दिपक लामिछाने

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...