बस है पियारी’ गीत दर्शकको रोजाईमा

कार्तिक ७ तनहुँ /केही दिन अघि युट्युवमा सार्वजनिक भएको ‘बस है पियारी’ गित सुन्ने र हेर्ने दर्शक स्रोताले मन पराएका छन् । उत्कृष्ट सृजना सहित ग्रामिण परिवेशमा नेपाली युवाका साझा समस्यालाई उजागर गरिएको यो गीत पहिलो पटक मोफसलमा नै तयार भएको गीत हो ।


कुनै न कुनै रुपमा काठमाण्डौ केन्द्रिन्त बन्नुपर्ने कलाकारको बाध्यतालाई ‘बस है पियारी’ गीत सार्वजनिक भएपछि मोफसलमा बसेर उत्कृष्ट गीत तयार हुने उदाहरण बनेको छ । गीतको श्रब्यदृश्य बनाउनेदेखि सम्पूर्ण तयारी पोखरा र आसपासमा सम्भव भएको सर्जक आकाश दाहाल बताउँछन् ।

स्वदेशमा पौरख गर्दा गर्दै पनि पारिवारिक सुखको महशुष गर्न नसकेका युवाको साझा पिडालाई गीतले उठान गरिएको छ । बैदेशिक रोजगारीमा जानुपर्ने युवाका लागी बाध्यता बनेको कथा बोकेको यो गीतको श्रब्यदृश्य कास्कीका अस्ताम वरपरका रमणीय दृश्यमा तयार पारिएको हो ।

दाहालको सृजनामा तयार भएको गीतमा गायक सन्तोष बस्यालले आवाज भरेका छन् । गीतका भिडियोमा सर्जक दाहाल र सोफी दाहालसँगै शिरिष सापकोटाको अभिनय देख्न सकिन्छ । गीतको जक्सन भिटी युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...