पोखरा, कात्तिक ७ गते । नाबालकहरुलाई यौन जन्य गतिविधि लगाउने एक विदेशी नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट क्यानेडियन नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ ।
नावालकहरुलाई ललाई फकाई, डरत्रास, धाक धम्की तथा बिभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधी गर्दै आएको भन्ने सुचनाको आधारमा कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
क्यानडियन नागरिक वर्ष ४४ वर्षियलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधी गर्दै गरेको अवस्थामा पक्राउ गरिएकोक कास्की प्रहरीेले जनाएको छ । नावालकहरुलाई उद्धार गरिएको र निज क्यानडियन नागरिकको साथबाट ल्याप्टप १ थान, मोवाईल १ थान, राहदानी १ थान सहित थप प्रमाणमा लाग्ने चिजबस्तु सहित पक्राउ गरी कास्की जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिका बिरुद्धको कसुरमा सातको म्याद थप अनुमति घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।