एमाले पोखरा महानगरको अध्यक्षमा न्यौपाने (निर्वाचितको नाम सहित)

पोखरा,कात्तिक । नेकपा एमाले पोखरा महानगर कमिटिको अध्यक्षमा दिलिप न्यौपाने सर्बसम्मत चयन हुनुभएकोछ । अध्यक्षमा पा्ँच जनाको उ्म्मेदवारी परेको थियो ।

पाँच जनालाई नाम फिर्ता लिन आग्रह गरेपछि न्यौपानेको नाममा सहमती भएको । न्यौपाने लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गर्नुभएको थियो ।

उहाँले यसअघि एमाले नगर कमिटिको सचिवको समेत जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । अध्यक्ष पदमा वर्तमान नगर कमिटि अध्यक्ष दीपक पौडेल, पूर्व नगर कमिटि संयोजक तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठीले उम्मेदवारी दिनुभएको थियो ।चारै जनाले नाम फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा बन्नुभएको हो । महागनर कमिटिमा प्रतिनिधिहरुको भावनालाई कदर गदै एमाले नेताहरुले न्यौपानेका नाममा सहमती गरेका हुन । अध्यक्षमा खगराज अधिकारीका उम्मेदवार हुदा उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ समुहका महोनगुरुङ निर्विरोध हुनुभएको छ । उपाध्यक्षमा छ जनाको उम्मेदवारी परेको थियो । पाँच जनालाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो ।

त्यस्तै सचिवमा जीवन आचार्य निर्वाचित हुनुभएको छ । उहाँ पोखरा वडा नम्वर १६ को वडा अध्यक्ष समेत रहनुभएको छ । सचिवमा उम्मेदवारी दर्ता गर्नुभएका गोकर्ण अधिकारीले उ्रम्मेदवारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्वाचित हुनुभएको हो त्यस्तै उपसचिवमा कृष्णकुमारी गुरुङ र रामचन्द्र थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । दुई उपसचिवमा १६ जनाको उम्मोदवरी परेको थियो ।

त्यस्तै भुगोल तर्फ वडा नम्वर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, वडा नम्वर २ बाट शशिधर पराजुली, वडा नम्वर ४ बाट इन्द्रकुमारी अधिकारी, वडा नम्वर ६ बाट विष्णुबहादुर भटराई, वडा नम्वर ७ बाट पुरुषेत्तम रेग्मी, वडा नम्वर ८ बाट ईश्वरप्रासद सुवेदी, वडा नम्वर ९ बाट प्रकाश शर्मा, वडा नम्वर १० बाट नारायणप्रसाद बाँस्तोला, वडा नम्वर १२ बाट बीरबहादुर थापा, वडा नम्वर १३ कृष्णकुमारी गुरुङ, वडा नम्वर १५ तोरणबहादुर बानियाँ, वडा नम्वर १६ बाट जगन्नाथ तिमिल्सिना, वडा नम्वर १७ बाट चिरञ्जिवी पोखरेल, वडा नम्वर १९ बाट नवीन भण्डारी, वडा नम्वर २० बाट मोहनबहादुर केसी, वडा नम्वर २२ बाट खेमराज बराल, वडा नम्वर २३ बाट चेतबहादुर क्षेत्री, वडा नम्वर २५ बाट बेदनाथ पौडेल, वडा नम्वर २७ बाट गणेशराज धमला, वडा नम्वर २८ बाट दिनेशबाबु खडका, वडा नम्वर २९ बाट प्रमोदकुमार पौडेल, वडा नम्वर ३० बाट प्रेमराज बसौला, वडा नम्वर ३२ बाट विष्णुप्रसाद तिवारी र वडा वडा नम्वर ३३ बाट चन्द्रप्रसाद पौडेल सर्वसम्मत भ्गोलबाट सदस्यमा सर्वसम्म निर्वाचित हुनुभएको छ ।निर्वाचित टिमलाई बिहिबार राती नै पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ भने निर्वाचित भएको पमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...