कास्कीमा देउसीभैलो राती दश बजेसम्म मात्रै खेल्न पाइने(प्रशासनको पत्र सहित)

पोखरा, कात्तिक १४ गते । कास्कीमा देउसीभैलो राती दश बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार आदेश जारी गदै कोरोना भाइरस संक्रमण दर अपेक्षित रुपमा घटन नसकेको र यसको प्रकोप बढन सक्ने भएकाले नेपाल सरकारले निर्धारा गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी देउसी भैलो नाचगान जस्ता कार्यहरु राती १० बजेसम्म शान्तिपूर्ण रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्यस्तै पटका, आतसबाजी, झिरझिरे, भुईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग नगर्नु आग्रह गदै त्यस्तै पदार्थहरुको निकासी, ओसारपसार एव विक्री वितरण नगर्न समेत अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सार्वजनीक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनीक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता कार्य नगर्न र भीडभाडजन्य गतिविधि गरी समाजमा शान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरु नगर्न अनुरोध गरेको छ ।

देउसी भैलो कार्यक्रम सार्वजनीक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्न गराउन र मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी पुजापाठ लगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...