पोखरा, कात्तिक १४ गते । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले फोहोर व्यबस्थापनलाई प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।पोखरा भ्रमणमा आउनु भएका कोहपुर नगरपालिका र बैजनाथ गाँउपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत गदै उहाँले नयाँ नयाँ प्रविधिहरुको विकास भैरहेको बतादै उहाँले प्रविधिको प्रयोग मार्फत फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
फोहोर व्यवस्थापन चुनौतीको विषय रहेको बताउदै भन्नुभयो,‘नयाँ प्रविधिहरुको आविष्कार भैरहेकाले अव पुरानैशैलीबाट फोहोर व्यवस्थापन गर्ने पद्धतिलाई विस्थापित गर्नुपर्छ ।’ उहाँले पोखरा महानगरले सञ्चालन गदै आएको ल्याडफिल साइड सार्नुपर्ने अवस्था रहेको र त्यसका लागि विकल्पनको खोजी भैरहेको बताउनुभो ।
पोखरा क्षेत्रीय अन्तराष्टिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेकाले ल्याडफिल साइड सार्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो, ‘पोखरा महानगरले त्यसका लागि तयारी गरिरहेको छ ।’ उहाँले नागरिकलाई सेवा प्रवाह सहज र सरल बनाउन वडाहरुलाई अधिकार प्रत्योजना गरेको बताउनुभयो । राजस्व संकलन, एक हजार वर्ग फिट सम्मको घर नक्सा पास वडाबाटै गर्ने लगायतका अधिकार प्रत्योजन गरिएको उहाँको भनाई थियो ।
महानगरका प्रवत्ता धनबहादुर नेपालीले पोखरा प्राकृतिक सुन्दर रहेको बताउदै यसको सौन्दर्यलाई बचाउदै थप सुन्दर बनाउने योजना सहित अगाडी बढेको बताउनुभयो । ‘पोखरा हिमाल, ताल, गुफा मात्रै नभई सांस्कृतिक, कला र साहित्यका रुपमा समेत धनि छ । यसलाई संरक्षण गदै आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक गन्तब्य बनाउन प्रयत्नसिल रहेको छ।’ पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले अस्पतालजन्य फोहोर मैला व्यवस्थापन र समग्र स्वास्थ्यको अवस्था बारे जानकारी गराउनु भएको थियो । महानगर सरसफाई शाखा प्रमुख कल्पना बरालले पोखरामा भैरहेको फोहोर मैला ब्यवस्थापन बारे जानकारी गराउनुभएको थियो ।