गण्डकी सरकारले बनायो पोखरा क्षेत्रीय अन्तराष्टिय विमानस्थल सञ्चालन सहजीकरण समिति

पोखरा, कात्तिक १५ गते । पोखरा क्षेत्रीय अन्तराष्टिय विमानस्थल निर्माणको अन्तिम तरणमा पुगेको छ । विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेसंगै गण्डकी प्रदेश सरकारले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण समिति गठन गरेको छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठकले प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा विमानस्थल सञ्चालन सहजीकरण समिति गठन गरेको हो । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठनगरेको हो । समितिको सदस्यमा पोखरा महानगरपालिका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुखसचिव, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश अर्थ मन्त्रालयका सचिव, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेश सचिव, पोखरा उद्योग वाणिज्य संघ, क्षेत्रीय अन्र्तराष्टिय विमानस्थल परियोजना प्रमुख रहनु भएको छ भने सदस्यसचिवमा प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूत्र्ति मन्त्रालयका सचिवलाई तोकेको छ ।

 

सहजीकरण समितिले तोकिएको समयमा विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्व तयारीका सन्र्दभमा सरोकारवालाहरुसंग आवश्यक समन्वय, सहजीकरण तथा सहकार्य गर्ने, भौतिक निर्माणको प्रगति सम्वन्धमा समय समयमा अनुगमन गर्ने र निर्माण कार्यमा देखिएका अवरोध समाधानका लागि आवश्यक पहल गर्ने छ । ्त्यस्तै अन्तराष्टिय विमानस्थलको मापदण्ड बमोजिम नकिजमा रहेको ल्याण्डफिल साइटको यथाशीघ्र स्थानान्तरणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने गरी कार्यशर्तमा उल्लेख गरिएको छ ।

समितिले विमानस्थलसँग सम्वन्धित अपूरा आयोजना कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्थाका लागि नेपाल सरकारसँग अनुरोध गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने, गण्डकी प्रदेशका पर्यटन व्यवसायी, उद्यमी लगायत सम्पूर्ण नीजि क्षेत्रसँग समन्वय गरी विमानस्थलको प्रयोगबाट प्रदेशको आर्थिक समृद्धि हासिल गर्न दीर्घकालिन र योजनाबद्ध रुपमा अघि बढन आवश्यक तयारी गर्ने कार्यशर्तमा उल्लेख गरिएको छ ।

 

समितिले विमानस्थलको उडानलाई प्रभावित पार्न सक्ने रिठेपानी डाँडा काट्ने कार्यलाई तीव्रता, आयोजना स्थलमा आउन सक्ने भलबाढी तथा पूर्वदक्षिणमा रहेको भुक्षय नियन्त्रणको दिगो, व्यवस्थापन, विमानस्थल क्षेत्रभित्रको सिचाँई तथा खानेपानीको सहज व्यवस्थापनका लागि आवश्यक समन्वय, भौतिक पूर्वाधारका अतिरिक्त अन्य आन्तरिक सजावट र सौन्दयीकरण तथा विमानस्थलमा बैज्ञानिक र पारर्दशी सुरक्षा प्रवन्धका लागि आवश्यक सहजीकरण गर्ने, विमानस्थल सञ्चालनपछि पर्यटक संख्यामा हुने बढोत्तरीलाई ध्यानमा राख्दै थप पर्यटकीय पूर्वाधारहरु निर्माणको लागि सम्वन्धित पक्षसँग समन्वय र सहजीकरण गर्ने छ ।

समितिले प्रदेश सरकारले तोकेका अन्य आवश्यक कार्य गर्ने र समितिले यथाशीघ्र कार्ययोजना तयार गरी मुख्यमन्त्री समक्ष पेश गर्ने र प्रत्येक एक महिनामा कार्यप्रगति प्रस्तुत गर्ने कार्यसर्त दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...