कर्णाली प्रदेशका तीन मन्त्री आज पदमुक्त

सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुनु हुने भएकाे छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि  पदमुक्त हुन लाग्नुभएकाे हाे ।


समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लाग्नुभएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो ।

गैरसांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार तीनै जना मन्त्री आज पदमुक्त हुन लाग्नुभएको हो । एमाले विभाजन भएपछि तीनै जना नेकपा (एकीकृत समाजबादी) मा हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...