पोखरा, कात्तिक १५ गते । पोखराबाट लागु औषध सहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं.–१० रामबजार बस्ने वर्ष २१ को सुरज बि.क., अर्घाखाँची पाणिनी गा.पा. वडा न.–३ बस्ने वर्ष १८ को कमल सुनार, रुपन्देही सैनामैना न.पा. वडा न.–८ बस्ने वर्ष २० को बिक्रम बि.क. रहेका छन् । पोखरा महागनरपालिका वडा नं.३० गगनगौडा पावरहाउस नजिकै सवारी साधन चेकजाँच गर्दा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा खानतलासी लिँदा उनीहरुको साथबाट लागू औषध डाईजापाम– १९ एम्पुल, बु्रफिनुर्फिन– १९ एम्पुल, फेनेरागन– २० एम्पुल गरी जम्मा ५८ एम्पुल र मोबाईल –१ थान सहित पक्राउ गरेको हो ।
उनीहरुलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी जनाएको छ ।