पोखरा, कार्तिक १५ गते । पोखराका युवा व्यवशायीहरु नेकपा एमालेमा प्रवेश गरेका छन । युवा संघ नेपाल गण्डकी प्रदेशले गण्डकी प्रदेशमा ३० हजार युवालाई पार्टी प्रवेश र १५ हजार युवालाई संगठित गराउने अभियान चलाइरहेको वेलामा यहांका एकदर्जन वढी युवा ब्यवशायीहरु एमालेमा प्रवेश गरेका हुन ।
एमालेमा प्रवेश गर्नेहरुमा होटल तथा रेष्टुरेण्ट व्यवशायी सरोज गुरुङ (मिक्की), क्रस फायर बाइक सोरुमका सञ्चालक रोशन लोप्चन, नेपाल परिवार दलका केन्दीय सदस्य चित्र बहादुर गुरुङ, रुपाहिल दोहोरी सांझका सञ्चालक व्यवशायी मनोज कुमार वर्देवा सहित प्रेम अधिकारी, नेत्र मान गुरुङ , चोगेन्द्र गुरुङ, सुरज थापा क्षेत्री, निमेष गुरुङ , रोसन तिमल्सिना, राजन शेरचन, जीवन गुरुङ लगायतका युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, युवा संघका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ लगायतले अविर र माला लगाई एमालेमा प्रवेश गराएका थिए । सो अवसरमा वोल्दै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले सवै पक्षलाई समेटेर अगाडि वढिरहदा युवा ब्यवशायीहरुपनि एमाले प्रति आकर्षित भएको देख्न पाउदा निकै खुसी लागेको वताउदै कुनैपनि व्यवशायीको हक हितका लागी आफ्नो पार्टी अग्र पङतिमा रहेर लागिरहने वताए । युवाहरुले व्यवशायीक रुपमा अगाडि वढ्नुपर्ने र नेपालबाट रोजगारका लागि विदेशिएका युवाहरुले त्यहांबाट पैसामात्र नकमाइ त्यहां सिकेका कुरालाई नेपालमानै लागु गर्ने गरी काम गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको समेत वताए ।
त्यसैगरी युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले युवाहरुले अव राजनिती संगै उत्पादकमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । युवा ब्यवशायीहरु आफैमा दक्ष जनशक्ति उत्पादन गर्ने समुहमा पर्ने भएकाले अन्य युवाहरुलाई पनि नेकपा एमालेमा समाहित गर्ने गरी युवाहरुले काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै एमालेमा प्रवेश गरेका सरोज गुरुङ (मिक्की)ले नेपालको राजनितीमा नेकपा एमाले जस्तो पार्टी अरु नरहेकाले आफु नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेको वताए । १५ वर्ष हङकङमा व्यवशाय गरी हालै नेपाल फर्केका गुरुङले पोखरा महानगरपालिका वडा नम्बर २० आंटीघर गाउमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गरी उडल्याण्ड रिसोर्ट सञ्चालन गर्न लागेको र आगामी दिनमा नेपालमै व्यवशाय संगै राजनिती गर्ने लक्ष्य रहेको समेत वताए ।
युवाहरु विदेशी भुमिमा रोजीरोटीका लागि गएतापनि फर्केर आफ्नै भुमिमा आउनुपर्ने भएकाले रोजगारीमा सिकेको कुरालाई आफ्नै भुमिमा लागु गर्न सकेको खण्डमा पक्कैपनि नेपालमा समृद्धी आउने उनको भनाइ रहेको थियो । पोखरा २० का अध्यक्ष सिम गुरुङ समेत एमाले पार्टीबाट प्रतिनिधित्व गर्ने भएकाले आगामी दिनमा वडा तथा गाउटोलको बिकासका काममा अध्यक्ष संग सहकार्य गरेर अगाडि वढ्ने समेत वताए ।
नेपाल परिवार दलका केन्दीय सदस्यबाट नेकपा एमाले प्रवेश गरेका चित्र बहादुर गुरुङले आफु लामो समय सम्म नेपाल परिवार दलमा रहेर काम गरेको भएतापनि नेकपा एमाले जस्तो पार्टी अरु नरहेकाले आफु नेकपा एमालेमा प्रवेश गरेको वताए । ढिलै भएपनि नेकपा एमालेमा प्रवेश गरेर एमाले पार्टीलाई मजवुद वनाउने गरी काम गर्ने उनको भनाइ रहेको थियो ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै युवा संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले भर्खरै एमाले प्रवेश गरेका युवा व्यवशायीहरुलाई पार्टी प्रमुख नेताहरुबाट उहांहरुको व्यवशायको निरीक्षण गराउने र सोही समयमानै नेकपा एमालेको सदस्यता समेत प्रदान गरिने वताउदै आगामी दिनमा पनि एमाले प्रवेश जो कोहीलाई पनि स्वागत गर्न आफुहरु तयार रहेको वताए ।