पोखरा म्याराथनलाई सुजल डेरीले बार्षिक ७ लाख दिने

पोखरा, कात्तिक १८ गते । पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दुधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पोखरा म्याराथन संग सहकार्य गर्दै आएको सफल दुधले आगामी तिन वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौता–पत्र आदान प्रदान समेत गरेका छन् ।


सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथन सँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउने संगै पोखरालाई खेलकुद पर्यटनको राजधानीका रुपमा स्थापित गर्न उद्योगले सानो सहयोग गरेको उल्लेख गरे । कार्यक्रममा उद्योगका अर्का निर्देशक.निरज श्रेष्ठको समेतको उपस्थितीमा आफ्ना भनाई राख्दै उनले भने–“पोखरा म्याराथनको जगलाई बलियो बनाउन एउटा इट्टा थप्ने काम गरेका छौं, आशा छ म्याराथन मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रुपमा स्थापित गर्न परिषदले समेत आफ्ना कार्यक्रमहरु तय गरेको बताए । पोखरा म्याराथन सफल बनाउन विदेशमा भएका संस्था पोखरेली मञ्च यूके, तमु धि यूके, एआरएनए यूके, हङकङ, अमेरिका लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको महत्वपूर्ण सहयोग भूमिका प्रति आभार प्रकट गर्दै पोखरा म्याराथन जेठो म्याराथनको रुपमा स्थापित भए पनि अझै चुनौतीहरु रहेको उल्लेख गरे ।

सो अवसरमा मञ्चले नियुक्त गरेका १४ जना सल्लाहकारहरुको नाम समेत घोषणा गरेको छ । मेजर दिल बहादुर गुरुङको संयोजकत्वमा गठित सल्लाहकार समितीमा खड्ग बहादुर रानाभाट, अशोक पालिखे, योगेन्द्र बहादुर बस्नेत, जयराम हमाल, जगन बहादुर गुरुङ, खेम बहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेश बहादुर भट्टराई, नारायण कार्की, प्रा.डा विरेन्द्र सिंह गुरुङ र खेम बहादुर गुरुङ रहेका छन् । त्यसै गरी मञ्चले कार्यसमितीको सदस्य पदमा बुद्ध गुभाजुलाई मनोनयन गरेको संस्थाका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...