संस्कृतिको संरक्षणका लागि देउसीभैलो

पोखरा, कात्तिक १९ गते । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटेमा कृयाशिल बेलबुटे आदर्श बाल क्लबले संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ देउसीभैलो कार्यक्रम गरेको छ ।


क्लबको संयोजनमा नेपालीहरूको महान चाड दिपावली २०७८ का अवसरमा प्राचीन देउसीभैलो संस्कृतिलाई बचाउने उद्देश्यले देउसीभैलो आयोजना गरिएको क्लबकी अध्यक्ष नन्जिसा घिमिरेले जानकारी दिनुभयो ।

संस्कृतिको संरक्षणका साथै बालक्लबका सदस्यलाई हरेक गतिविधिमा कृयाशिल बनाउने दीर्घकालिन लक्ष्य राखिएको बताउँदै उहाँले चाडपर्वसँग जोडिएका संस्कृतिलाई जोगाउनका लागि आगामी दिनमा पनि यस किसिमका कार्यक्रम एवम् गतिविधि अघि बढाउने बताउनुभयो ।

देउसीभैलोका क्रममा संकलित रकम क्लबका सदस्यको सिर्जनात्मकता अभिबृद्धिका लागि नै खर्च गरिने बताउँदै उहाँले त्यस सम्बन्धमा समितिको बैठक बसेर निर्णय लिइने जानकारी गराउनुभयो ।यही विजयादशमी २०७८ का अवसरमा बेलबुटे क्षेत्रमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमका अवसरमा क्लब गठन गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...