नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम

जुना थापा

 पोखरा, २४ कार्तिक। नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले नेपालीहरुको महान् पर्व दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकको हकहितका लागि सम्पूर्ण शिक्षक एक हुनुपर्ने कुरामा जोड दिँदै देश विकासको प्रमुख आधार शिक्षा भएकाले राज्यले शिक्षामा प्रशस्त लगानी गर्नुपर्ने बताउनुभयो । यस्तै सुखी नेपाली, समृद्ध नेपालको मुद्दाभित्र शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रमका अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्ला समितिका अध्यक्ष रोमहर्षण पौडेलले नेपालीहरुको विभिन्न पर्वका अवसरमा शुभकामना र नेकपा एमालेको भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभेच्छा दिँदै शिक्षा र शिक्षकका जायज माग र मुद्दालाई राजनीतिज्ञले पनि आफ्ना साझा मुद्दा बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा नेकपा एमाले पोखरा महानगरपालिकाका अध्यक्ष दिलिप न्यौपाने, नेराशिसं कास्कीका पूर्व अध्यक्ष दीपक पौडेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी , जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री , नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोख्रेललगायतले शुभकामना मन्तव्य राखेका थिए । नेकपा एमालेको अधिवेशन कास्कीबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको कार्यक्रममा नेराशिसं जिल्ला समिति कास्कीका उपाध्यक्ष बसुन्धरा पौडेलले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन नेराशिसं कास्कीका सचिव तीर्थराज ढकालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...