विप्लवलाई पार्टी एकताका लागि प्रचण्डकाे आव्हान

काठमाडौं, कात्तिक २६ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि आव्हान गर्नुभएको छ ।

शुक्रबार काेटेश्वरस्थित माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अन्य कम्युनिस्ट घटकहरुसँग पनि मिलेर अगाडि जान सकिने पनि बताउनुभएको छ । देशमा प्रतिक्रियावादी शक्तिहरुले माओवादी केन्द्रलाई घेराबन्दी गरिरहेकाे बताउनुहुदै उहाँले यसप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

माेहन वैद्य किरण र विप्लवप्रति लक्षित गर्नुहुदै उहाँले लहडमा मात्रै कुनै पनि पार्टी अगाडि बढ्न नसक्ने बताउनुहुदै उहाँले सबै जना मिलेर नै माओवादी केन्द्र पार्टी निर्माण भएकाे बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...