पोखरा, कात्तिक २६ गते । गण्डकी प्रदेशमा एमाले कास्कीका तीन क्षेत्र मध्य दुई क्षेत्रबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । कास्कीबाट ३१ जनाका लागि ११६ जनाको उम्मेदवारी परेको थियो ।
एमालेले सर्वसम्मत प्रतिनिधि छनोटका लागि आज दिनभर गरेको प्रयासपछि सर्वसम्मतबाट प्रतिनिधिको टुंगो लागेको हो । नेकपा एमाले कास्की क्षेत्र नं २ बाट बिद्या अधिकारी भट्टराई,कृष्ण थापा, प्रभा कोईराला, रश्मि आचार्य, तेजनारायण अधिकारी,मन्जु गुरुङ, युबराज पौडेल, भेषराज बराल, आर पि शर्मालाई प्रतिनिधि चयन गरेको हो ।
त्यस्तै कास्की क्षेत्र नम्बर ३ बाट राजिव पहारी, पुण्यप्रसाद पौडेल ,दामोदर बैरागी, दिपक पौडेल,विष्णु बहादुर केसी,जगन्नाथ वास्तोला। सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ । त्यस्तै महिला तर्फ सोभा बराल पहारी, शुशिला पराजुली, सन्तुदेवी सुवेदी चयन हुनुभएको छ ।