एमाले कास्कीद्धारा तीनवटै क्षेत्रबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट

कार्तिक २७ गते / कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट एमाले दशौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । कास्की क्षेत्र नम्वर १, २ र ३ बाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो । कास्कीका तीन निर्वाचन क्षेत्रबाट २७ जना र उत्पीडित तर्फबाट चार जना गरी ३१ जना प्रतिनिधि चयन हुने छन् । ३१ मध्य २७ जना छनोट भएका छन भने उप्पीडित क्षेत्रको सर्वसम्मतको प्रयास भैरहेको बताइएको छ ।

कास्कीबाट ३१ जनाका लागि ११६ जनाको उम्मेदवारी परेको थियो । एमालेले सर्वसम्मत प्रतिनिधि छनोटका लागि आज दिनभर गरेको प्रयासपछि सर्वसम्मतबाट प्रतिनिधिको टुंगो लागेको हो । कास्की क्षेत्र नम्वर १ बाट पुष्पज्योति ढुङगाना,बिजय सुबेदी, नवराज ओझा,शंकरनाथ पौड्याल,बेद ब गुरुङ श्याम, दिलिप न्यौपाने, नारायणी भटराई, बैन ब क्षेत्री र गंगा कुवर सर्वसम्मत दशाँै महाधिवेशनका लागि प्रतिनिधि छनोट हुुनुभएको छ ।

 

यता नेकपा एमाले कास्की क्षेत्र नं २ बाट बिद्या अधिकारी भट्टराई,कृष्ण थापा, प्रभा कोईराला, रश्मि आचार्य, तेजनारायण अधिकारी,मन्जु गुरुङ, युबराज पौडेल, भेषराज बराल, आर पि शर्मालाई प्रतिनिधि चयन गरेको हो ।

त्यस्तै कास्की क्षेत्र नम्बर ३ बाट राजिव पहारी, पुण्यप्रसाद पौडेल ,दामोदर बैरागी, दिपक पौडेल,विष्णु बहादुर केसी,जगन्नाथ वास्तोला। सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ । त्यस्तै महिला तर्फ सोभा बराल पहारी, शुशिला पराजुली, सन्तुदेवी सुवेदी चयन हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...