पोखराको चापापानीबाट तास खेल्दै गरेका ६ जना १८ लाख सहित पक्राउ

पोखरा, कात्तिक २७ गते । पोखराबाट जुतातास खेलिरहेको अवस्थामा नगद १८ लाख सहित ६ जना पक्राउ परेका छन् । शनिबार विहान २ बजेको समयमा पोखरा महानगरपालिकावडा नम्वर १२ चापापानीस्थित नबिन गौचनको घर कोठामाजुवा (तास) खेलिरहेको अवस्थामा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले जुवा तास खेलिरहेका ६ जना व्यक्तिहरूलाई नगद अठार लाख पचहत्तर हजारपाँच सय तीस रुपैयाँ र ५२ पत्ती तास सहित तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

 

उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको छ । जुवा तास खेल्नको लागि उनीहरूले घर नै भाडामा लिई सिसिटिभि क्यामेरा समेत जडान गरी संगठित रूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरीले दावी गरेको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण :-

 

  • जिल्ला मुस्ताङ थासाङ गा.पा.वडा नं.०३ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा.वडा नं.१२ चापापानी बस्ने वर्ष ३२ को नबिन गौचन ।
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १२ फुलबारी बस्ने वर्ष ४४ को काजी गुरुङ ।
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १२ माटेपानी बस्ने वर्ष ३८ को सुर्य गुरुङ ।
  • जिल्ला दैलेख नौमुलेगा.पा.वडा नं.८ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर बस्ने वर्ष ३५ को खम्ब सिंह राना ।
  • जिल्ला कास्की मोदी गा.पा.वडा नं.१० घर भई हाल पोखरा महानगरपालिका वडा नं. १३ संगमटोल बस्ने वर्ष ३६ को खेमराज गुरुङ ।
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १९ घर भई हाल ऐ.वडा नं.१६दिप बस्ने वर्ष ३५ को श्याम श्रेष्ठ ।

 

 

 

 

थप जानकारीको लागि

प्रवक्ता/ सूचना अधिकारी

प्र.ना.उ. सुवास हमाल

सम्पर्क नं. ९८५६०३५५१२

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...