हिम पहिरोमा ११ जना घाइते, घाइतेको जिल्ला अस्पताल मुस्ताङमा उपचार, मन्त्री बरालले भेटे घाइते

पोखरा, कात्तिक २८ गते ।मुस्ताङमा आइतबार गएको हिम पहिरोमा ११ जना घाइते, घाइतेको जिल्ला अस्पताल मुस्ताङ उपचार पहिरोमा परि ११ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । थासाङ गाउँपालिका २ बोक्सी खोला स्थित मानापाथी हिमालको हिउ पग्लेर हिम पहिरो आएको प्रहरीले जनाएको छ ।

हिम पहिरोमा ११ जना घाइते, घाइतेको जिल्ला अस्पताल मुस्ताङ उपचार पहिरो आई रहेको देख्नासाथ नजिक रहेको पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको बताइएको छ । स्थानमा रहेको श्री जन आर्दश अम्मर सिंह मा.बि.मा हिम पहिरोबाट जोगिन भाग दौड हुँदा शिक्षक र विद्यार्थी गरी ११ जना सामान्य घाईते भएको प्रहरीले जनाएको हो । घाईतेहरुको जिल्ला अस्पताल मुस्तांगमा उपचार भईरहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीेले जानकारी दिएको छ । हिमपहिरोमा परी १५० चौंरी समेत हराएका छन् ।

 

यर्सैबिच, आइतबार मुस्ताङमा आएको हिउपहिरोमा परी घाइते भएकाहरुलाई गण्डकी प्रदेशका मन्त्री रामजी बरालले जिल््ला अस्पताल मुस्ताङमा पुगेर भेटघाट गर्नु भएको थियो । साथ उहाँले घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गर्नु भएको छ । हिउपहिरो गएको क्षेत्र घट्टेखोला क्षेत्रमा पुगेर समेत मन्त्री बरालले स्थानियलाई पुनः पहिरो जान सक्ने भन्दै सचेत रहन आग्रह समेत गर्नु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...