पोखरा, मंसिर १ गते ।पैशा देखेपछि महादेवका पनि तीन नेत्र भन्ने नेपाली उखानलाई माथ गदै पोखरामा भेटटाएको ४ लाख ९० हजाररुपैयाँ प्रहरीलाई बुझाइएको छ । पैशा त्यहीमाथि बाटोमा भेटिएको पैशाख फिर्ता हुन्छ कसैले कल्पना गर्न सक्दैन् तर पोखरामा त्यस्तो भयो ।
पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बेलधारी शिवहरी मार्ग निवासी लोक कल्याणकारी संस्थाका अध्यक्ष ,सामाजिक व्यक्तित्व छविलाल पौडेल आफुले भेटटाएको पैशा प्रहरीलाई बुझाएर इमान्दारीता प्रस्तुत गरेपछि उहाँको प्रशंसा भएको छ।
पोखराको पर्यटकीय क्षेत्र डेबिजफल तिव्बेतियन क्याम्प चोकको बाटोमा हिडदै गर्दा चार लाख नब्बेहजार रुपैया भेटाउनु भएको थियो । उक्त रकम खसाल्ने ब्यक्तिको खोजी गरि, छोरेपाटन प्रहरी चौकीका प्रमुख लगायत अन्य भद्र भलादमीहरुको रोबरमा संबन्धित व्यक्तिलाई रकम हस्तान्तरण गएिको छ । समाजमा उदाहरणिय भावना देखाउएको भन्दै उहाँको प्रशंसा गरिएको हो ।