एनआरएनको चुनाव मङस्सिर २९ मा

काठमाडौँ, मङस्सिर ५ गते । गैरआवासीय नेपाली सङस्घको स्थगित महाधिवेशन र निर्वाचनको नयाँ मिति तय भएको छ । सङस्घको अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री डा. नारायण खडस्कासँगको परामर्शका आधारमा नयाँ मिति तय गरिएको जनाउनुभएको छ ।

अध्यक्ष पन्तले प्रेस विज्ञप्ति जारी गर्दै दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी पुस २ र ३ गते हुने जानकारी दिनुभएको छ । त्यस्तै निर्वाचन भने मङस्सिर २९ गते हुनेगरी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

गत महिनाका लागि तय भएको महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्रअनुरूप स्थगित भएको थियो । परराष्ट्रमन्त्रीसँग भएको वार्तामा सङस्घले मन्त्रालयसमक्ष महाधिवेशन तथा विश्व सम्मेलनबारे प्राप्त असहमतिबारे मार्गचित्रसमेत प्रस्तुत गरेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...