एमाले पोखरा १९ द्धारा प्रदेश सदस्य, महानगर अध्यक्ष र सचिवलाई सम्मान

पोखरा, मंसिर ५ गते । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्वर १९ गते आफनो वडाबाट गण्डकी प्रदेश कमिटिमा मनोनितहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।

कमिटिले आइतबार वडामा आयोजना गरेको कार्यक्रममा प्रदेश कमिटिमा मनोनित गण्डकी प्रदेश सांसद समेत रहनुभएकी पुष्पा के.सी भण्री, पूर्व महागनर कमिटि अध्यक्ष दिपक पौडेल , पोखरा १९ का वडा अध्यक्ष समेत रहनु भएका शोभामोहन पौडेल, उमनाथ गौतम, माधब बास्तोला, वलराम भन्डारीलाई बधाई सहित सम्मान गरेको हो ।

त्यस्तै पोखरा महानगर कमिटिमा निर्वाचित अध्यक्ष दिलिप न्यौपाने, सचिव जिवनप्रसाद आचार्य र सदस्यहरु कृष्णप्रसाद गौतम, नविन भण्डारी, शेखर गौतम, लक्ष्मी अधिकारीलाई समेत बधाई तथा सम्मान गरेको वडा कमिटि सचिव बिकास गौतमले जानकारी दिनुभयो । एमाले केन्द्रीय सदस्य जगत विश्वकर्माले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

 

कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य विश्वकर्माले नेकपा एमालेको दशौ महाधिवेशनलाई सफल बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिदै पार्टीलाई सुदृढ बनाउदै अव हुने तीनै तहको निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्न पार्टी कमिटिहरुले त्यही अनुसार योजना बनाएर अगाडी बढन आग्रह गर्नुभयो ।

 

उहाँले एमालेको एकतालाई थप मजबुत बनाउदै सबैखाले षडयन्त्र विरुद्ध लडनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद एवं एमाले गण्डकी सदस्य पुष्पाकेसी भण्डारीले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने गरी काम काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश कमिटी सदस्य शोभामोहन पौडेल, दिपक पौडेल,एमाले पोखरा महाानगर कमिटि अध्यक्ष दीलिप न्यौपाने, महानगर कमिटी सदस्य नविन भन्डारीे शसक्त पार्टी बनाउन दशौँ महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

यसैवीच पोखरा १९ को बैठकले १० औं माहाधिवेशनको सन्दर्भमा ७ गते विहान साविक पुरून्चौरमा पार्टी नेताहरूको उपस्थितमा र ८ गते विहान लामाचौरमा सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको छ। महाधिवेशन उद्घाटनमा १० गते पार्टी नेता कार्यकर्ता शुभचिन्तक र आम जनसमुदायलाई यातायातको व्यवस्थापन गर्ने भएको छ ।

 

साविक पुरून्चौरमा पार्टी उपसचिव विकास कुमार आचार्यको संयोजकत्वमा र लामाचौरमा हरि वरूवाल संयोजक रहेको यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ।त्यस्तै बैठकले आर्थिक व्यवस्थापन वडा कमिटी अध्यक्ष विष्णुप्रसाद गौतम संयोजक र पदाधिकारी सदस्य रहेको उपसमिति गठन गरेको छ। बैठक एमाले १९ का अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको थियो भने सचिव विकास गौतमले सञ्चालन र स्वागत धर्ममानसिहं भन्डारीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...