पोखरा, मसिंर ६गते । पोखराको पर्यटकीय केन्द्र फेवाताल किनारमा भिषण आगलागी भएको छ । फेवाताल किनारमा रहेका पसलहरु आगलागीबाट जलेर ध्वस्त भएका छन् । अस्थायी रुपमा निर्माण गरिएका टहराहरु जलेको जनाएको छ । फेवातालको फुटटयाक नजिकै रहेका पसलहरुमा राती ३ बजेपछिको समयमा आगलागी भएको स्थानीयले जनाकारी दिएका छन् ।
ताल किनारका पाँच रेस्टुरेन्ट जलेर पूर्ण रुपमा क्षती भएका छन् । दुई दमकलको प्रयोग गरेर प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान पौने ६ बजे आयोग नियन्त्रणमा आएको कास्की प्रहरीले जनाएको छ । आगलागी के कारणले भयो भन्ने बारे खुलेको छैन् भने पूर्ण विवरण समेत आइसकेको छेन् ।