लेकसाईडमा भएको आगलागीबाट २ करोडको क्षती

पोखरा, मंसिर ६ गते । पर्यटकीय सहर पोखराको लेकसाइडमा भएको आगलागीबाट २ करोड बराबरको क्षती भएको छ । फेवाताल किनारमा आज विहान भएको आगलागीबाट दुई करोड बराबरको क्षती भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आइतबार विहान ३ः४५ बजे आगलागी हुदाँ फेवाताल किनारको फुटट्रयाकमा रहेको होटल, टहराहरुमा आगलागी भएको र प्रहरी दमकल र पानी ट्यांकर तथा स्थानियको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीेले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

कास्की: आगोलागी

मिति २०७८।०८।०६ गते अन्दाजी ०३:४५ बजे जिल्ला कास्की पोखरा महानगरपालिका-६ लेकसाईड स्थित अचानक आगोलागी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई,प्रहरी, दमकल, पानी ट्याङकर, र स्थानियको सहयोगमा आगो निभाउने काम भएको, आगोलागीको कारण नखुलेको, अन्दाजी २ करोड बराबरको क्षेति भएको,थप अनुसन्धान भईरहेको ।

तनहुँ: आगोलागी

मिति २०७८।०८।०६ गते अन्दाजी ०९:३० बजे जिल्ला  तनहुँ घिरिङ गाँउपालिका-२ तल्लो छानुङ बस्ने वर्ष ४३ को राम बहादुर परियारको ढुङगा माटोले बनेको खरले छाएको एक तले कच्चि घरमा अचानक आगलागी भएको सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आगो पूर्ण रुपमा नियण्त्रणमा लिएको,  घर पुर्ण रुपमा जली नष्ट भएको उक्त आगलागीबाट घरमा रहेको भाडा,बर्तन,लत्ता,कपडा,अन्नपात गरी अन्दाजी ८०,०००।– बराबरको क्षती भएको, थप अनुसन्धान भईरहेको ।

मुस्ताङ: सवारी दुर्घटना

मिति २०७८।०८।०६ गते अन्दाजी ०५:१५ बजेको समयमा जिल्ला मुस्ताङ थासाङ गाँउपालिका-१ टुकुचे नजिकै भन्सिङ स्थित बेनि जोमसोम सडक खण्डमा जोमसोमबाट बेनि तर्फ जादै गरेको ग१ज ७७०३ नं.को जिप सडक देखि अन्दाजी २० मिटर तल खसी दुर्घटना हुदा चालक सहित ५ जना घाईते भएको जसमध्य २ जना श्री शैनिक उच्च शिखर शिक्षालय कैसाङ मुस्तामा कार्यरत कर्मचारी भएको, घाईते सबै लाई आर्मीको प्लेन द्वारा काठमाण्डौ स्थित आर्मी अस्पताल,छाउनीपठाईएको ।

 

मिति २०७८।०८।०६गते ।                                              अरुण पौडेल       

(प्रहरी उपरीक्षक)

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...