एमाले महाधिवेशनमा कास्कीबाट ८९० सवारीमा चितवन हिडे नेता, कार्यकता

पोखरा, मंसिर  ।नेकपा एमालेको दशाँै महाधिवेशन शुक्रबारदेखि चितवनामा सुरु हुदैछ । महाधिवेशनमा सहभागी हुन एमाले प्रतिििनधि, नेता, कार्यकता र शुभेच्छुकहरु त्यहाँ पुग्ने क्रम सुरु भएको छ ।

नारायणी किनारमा हुने महाधिवेशनको उद्घाटनमा सहभागी हुन दुई दिन अगाडीदेखिनै नेता र कार्यकता चिवतन पुगेका छन् । एमालेले नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनमा ५ लाख जनता उर्ताने दावी गरेको छ । उद्घाटकै दिन जादाँ भिडभाड हुने भएकाले केही विहिबारै चितवन पुगेका हुन् । महाधिवेशनको तयारी अन्तिम भएको छ । अव महाधिवेशन उद्घाटनको पखाई रहेको छ ।

महाधिवेशनमा कास्कीबाट मात्रै ८९० सवारी

नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन कास्कीबाट ५० हजार सहभागी हुने अनुमान गरिएको छ । नेकपा एमाले कास्कीले महाधिवेशनमा साना ठुला गरि ८ सय ९० वटा सवारीमा नेता कार्यकता र शुभेच्छुकहरु चितवन पुग्ने छन् । एमाले कास्कीका सचिव दामोदर बैरागीका अनुसार उद्घाटन समारोहमा बस २०५ वटा,जिप,माइक्रो,भ्यान ४५ वटा, निजी १४० वटा गाडी, मोटरसाइकल ५ सय वटा गरी ८९० वटा सवारीमा सहभागी पुर्याइने छ ।

 

एमाले नेता कार्यक्रकता आज विहानै चार बजेबाटै चितवन हिडेका छन् । एमालेका वडा कमिटि, भातृ संगठनले यातायातको व्यवस्था गरेर कार्यकता, सुभेच्छुकलाई चितवन लगेका छन् । कास्कीबाट एमालेले ५० हजार लैजाने दावी गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...