पोखरा, मंसिर ११ गते ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमतबाट नभई विरोधीहरुको जालझेलका कारण एमाले प्रतिपक्षमा पुगेको बताउनुभएको छ ।
नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्वोधन गदै उहाँले सत्ताबाट एमालेको भुमिका प्रतिपक्षका रुपमा परिर्वतन भएको बताउनुभयो । जनताको अभिमतबाट निर्देशित भए नभई प्रतिकृयाबादीको षडयन्त्रबाट भुमिका परिर्वतन भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिले एमाले सामु नयाँ प्रकारका चुनौती थपिएको बताउनुभयो ।
राज्य संयन्त्रको अनुचित प्रयोगले देशमा खतरा उत्पन्न भएको उहाँको भनाई छ । लोकतान्त्रिक प्रणालीभित्र संविधान रहदा अलोकतान्त्रिक कदम चालियो र लोकतान्त्रिका लागि खतरा देखिएको छ भन्नुभयो । अलोकतान्त्रिक कदमलाई रोक्न र परिर्वतन गर्नसक्नुपर्छ उहाँले भन्नुभयो, निष्पक्ष न्यायालय सञ्चालन गर्न नसके सुरुपयोग भए लोकतान्त्रिक प्रणाली असफल हुन्छ । उहाँले एमालेले महाधिवेशन भब्य रुपमा उद्घाटन गरेको बताउदै नवौ राष्टिय महाधिवेशन स्पष्ट बैचारीक रुपमा अगाडी बढाएको बताउनुभयो ।