पोखरा, मंसिर ११ गते ।लेखा परिक्षण आयोगका कन्द्रिय सदस्य एवं माओबादी केन्द्रका नेता झलकपाणि तिवारीले माओबादीले सुरु गरेको समाज रुपान्तरणको अभियान अझै नसकिएको बताउनु भएको छ । नेकपा माओबादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको दोश्रो अधिवेसनको अवसरमा बोल्दै नेता तिवारीले जनयुद्धले विजयी हासिल गरे पनि समाज रुपान्तरणको अभियान पूरा हुन नसकेको बताउनु भएको हो ।
माओबादीले समानुपातिक र समावेसीको नारा केही हदसम्म स्थापित गराउन सफल भए पनि अझै समाज रुपमान्तरणमा केही मुद्धाहरु स्थापित गन बाँकी रहेको उहाँले बताउनु भयो । समाजबादी क्रान्तिको नेतृत्व माओबादीले मात्र गर्न सक्ने भएकोले अबको निर्वाचनमा माओबादीले जित्ने सहित लाग्न नेता तिवारीले आग्रह गर्नु भयो । पार्टीले व्यक्तिको योग्यता र क्षमताको आधारमा रोटेसन गरी सक्ता,संगठन, श्रम, उत्पादन लगायतका कार्यमा जिम्मेवारी दिने भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री एवं माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद बराल जीवनले अझै पनि देशमा प्रतिगमकारी बिरुद्ध एक हुनुपर्ने अबस्था आएको बताउनु भयो । त्याग नगरी देशमा समृद्धि हासिल गर्न नसकिने बताउदै उहाँले माओबादी संगठन बिस्तार पछिल्लो समयमा निकै उत्साहपूर्ण रुपमा संगठिन भएको दाबी गर्नु भयो । अब माओबादी संगठन एक नम्बरको हुनुपर्ने अबस्था आएकोमा जोड दिदै मन्त्री बरालले माओबादी हार्दा देश नै हारेको अनुभुति हुने जिकिर गर्नु भयो । माओबादी आन्दोलनबाट हासिल भएका उपलब्धिलाई थप संस्थागत गर्न पनि आमोबादीको जित आवश्यक भएको उहाँको भनाई थियो । प्रतिनिधि सभा सदस्य एवं पार्टी गाउँपालिकाकी इन्चार्ज दुर्गा बिकले अन्नपूर्ण क्षेत्रमा हाल ८ सय भन्दा बढी माओबादी सदस्यता लियका कारण अबको जित सुनिन्चित भएको दाबी गर्नु भयो ।
माओबादी केन्द्र, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी नेता दुर्गादत्त भण्डारी, गोविन्द प्रसाद अधिकारी, बहु प्राविधिक पोली टेक्निक बिद्यालयका मोती माया सुवेदी, माओबादी नेता ऋषि भण्डारी, ज्येष्ठ सदस्य भक्त बहादुर गुरुङ सचिव कृष्ण भण्डारी लगायतले वोलेका थिए । उक्त अवसरमा पार्टीमा योगदान पुराउने केही व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।यसैबिच उक्त कार्यक्रमको औपचारिक उद्घाटन माओबादी पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल मार्फत गर्नु भएको थियो । उहाँले दशै भरी सवै पालिकामा एकै साथ भर्चुअल मार्फत गर्नु भएको हो ।