एमाले महाधिवेशन :सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुदै, गण्डकी र लुम्विनीबाट बागी उम्मेदवारी परेन

काठमाडौं, मङ्सिर १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशन अन्र्तगत आज मतदान हुदै छ । सर्वसम्मत नेतृत्व चयन गर्ने योजनामा एमाले नेता भीम रावल र घनश्याम भुषाल बाधक बनेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदमा निर्वाचन हुन लागेको छ । सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष ओलीलाई अधिकार दिइएको भन्दै रावलले त्यसलाई अस्वीकार गदै अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि आज राती नौ बजेबाट मतदान हुदै छ । मतदानको समय राती १ बजेसम्म तोकिएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलवीच प्रतिस्पर्धा हुदै छ । अध्यक्षमा केपी ओली निर्वाचित हुने पक्का भएपनि रावलले आफनो अस्तित्व र सर्वसम्मत नेतृत्व चयनलाई चुनौती दिन उम्मेदवारी दर्ता गरेको एमाले नेताहरुले बताएका छन् ।एमलो वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् । उपाध्यक्षमा अध्यक्ष ओलीले घोषणा गरे भन्दा बाहेक घनश्याम भुषालले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै महासचिवमा शंकर पोखरेल सर्वसम्मत हुनुभएको छ । उपहाससचिव पदमा पनि पृथ्वीसुब्बा गुरुंग, विष्णु रिमाल र प्रदिप ज्ञवाली निर्विरोध हुुनुभएको तर आधिकारीक रुपमा घोषणा हुन बाँकी छ ।

त्यस्तै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुका लागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ ।गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिएका छन् ।

 

ओलीले प्रस्ताव गरेको सूचीमा अइन्द्रविसुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थपित, खगेन्द्र राई, गोकुल घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिंह सम्बाहम्फे, अजय क्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापा मगर, विद्यासुन्दर शाक्य, सीपी घर्ती मगर, हरिबहादुर राजवंशी र हरिबहादुर राईको नाम छ ।म्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले बागी उम्मेदवारी दिएकी छन् ।

मधेशीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएकाबाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन् भने दलितमा ८ जना प्रस्ताव भएकोमा नरबहादुर विक र अनुभूति वम नेपालीले बागी दिएका छन् । थारुमा पनि जयप्रकाश थारुले बागी उम्मेदवारी दिएका छन् भने मुस्लिममा नजिर मियाले दिएका छन् ।

पिछडिएको क्षेत्रबाट भरत राउद र लालवहादुर रावलले बागी उम्मेदवारी दिएका छन् ।खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

खुल्ला महिलामा ५३ जना हलमा प्रस्तावितबाहेक अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले उम्मेदवारी मनोनयन गरेका छन् ।

प्रदेशतर्फका बागी
प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतवार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा ९स्वस्ति०ले उम्मेदवारी मनोयन गरेका छन् ।

प्रदेश १ बाट हलमा प्रस्ताव भएका नाम किशोरकुमार अधिकारी, टंक आङ्बुहाङ, तिलकुमाार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भाष्कर काफ्ले हुन् ।

त्यस्तै प्रदेश १ को खुल्लामा ६ जनाको मात्र उम्मेदवारी परेको छ भने वागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ ।

अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना मगर, सरेश नेपालको नाम प्रस्ताव गरेका थिए ।

गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरुले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिमबाट हलमा प्रस्ताव गरिएका नाममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनी राना ,भैरवबहादुर सिंह र लीलाधर भट्ट छन् ।

कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले प्रस्ताव गरेका नाम भने गुलावजंग शाह, धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, निरज आचार्य र विष्णु रिजाल हुन् ।

त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...