एमालेको दशौँँ महाधिवेशन:अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि मतदान जारी

पोखरा, मङ्सिर १४ गते । नेकपा एमालेको दशौँँ महाधिवेशनमा अन्र्तगत अहिले नयाँ नेतृत्व चयनका लागि मतदान भैरहेको छ । विहान ४ बजेबाट मतदान सुरु भएको हो । सोमबार राति ९ बजेबाट मतदान गर्ने भनिएपनि केन्द्रीय सदस्य पदमा सर्वसम्मत बनाउने प्रयासका कारण निर्वाचन विहान मात्रै सुरु भएको हो ।सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो ।

एमालेको अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीमबहादुर रावलको उम्मेदवारी परेको छ । सर्वसम्मतका लागि प्रयास गरिएपनि नेता रावलले नमानेपछि निर्वाचन हुन लागेको हो । यता वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

 

त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ तर निर्वाचन आयोगले घोषणा गर्न बाँकी रहेको छ ।

 

त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेट र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...