एमाले महाधिवेशन : मतदान सम्पन्न, करिव दुई घण्टाभित्र नतिजा सार्वजनीक हुने

पोखरा, मंसिर १४ गते । चितनमा जारी नेकपा एमालेको दशाँै महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । विहान ४ बजेबाट सुरु भएको मतदान केहीबेर अगाडी सम्पन्न भएको हो ।

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति बर्तमान उपाध्यक्ष भीम रावल र नेता घनश्याम भुषालले असन्तुष्टि ब्यक्त गरेपछि निर्वाचन भएको हो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनावी मैदानमा छन् । मतदान सकिएसंगै करिव दुई घण्टाभित्रै नतिजा सार्वजनीक हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...