पोखरा, मंसिर १४ गते ।नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार ओलीले १८०८ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी भिम रावलले २१३ मत ल्याएका छन । निर्वाचनमा २०९६ मत खसेको थियो ३९ जनाले मतदान गरेनन् । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि बन्दसत्रले अध्यक्षमा ओली सहित पदाधिकारी केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने अधिकार ओलीलाई दिएको थियो।
तर बन्दसत्रमा प्रतिनिधिले दिएको अधिकारलाई प्रयोग गदै ओलीले नाम घोषणा गरेपनि त्यसलाई नमान्ने भन्दै रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। उनले उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष सहित केही पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचन भएको हो ।मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका थिए ।