पोखरा, मंसिर १८ गते । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तरगत आज नेतृत्व चयनका लागि चुनाव हुँदैछ । चुनावी तालिकाअनुसार हिजो उम्मेदवारी दर्ता सकिएको छ ।
आज हुने निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । पदाधिकारीमा दुवै पक्षले प्यानल खडा गरेका छन् । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।
निर्वाचन ८ बजेदेखि सुरु हुनेछ । साँझ ५ बजेसम्म मतदान हुने मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुने राप्रपाले जनाएको छ ।