काठमाडौ,मंसिर १९ गते ं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। बर्तमान अध्यक्ष कमल थापालाई पराजित गदै लिङदेनले जित हासिल गरेका हुन ।
काठमाडौमा चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन शनिबार नेतृत्वका लागि मतदान भएको थियो । हिजो सम्पन्न मतदानको मतगणना आज विहान सम्पन्न भएको छ । मतगणना अनुसार लिङदेनले थापालाई हराउँदै पार्टीको बागडोर समातेका छन् ।
अन्तिम मतपरिणाम अनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकोमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत खसेको छ भने ४३१ मत बदर भएको छ ।यता पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भएकी छन् ।कुन्तीले २००८ मत ल्याउँदै विजयी हुदाँ। रेखाले १६४० मत प्राप्त गरेकी छिन् ।