पोखरा, मंसिर १९ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका प्रत्याशी कमल थापाले हार स्वीकार गदै अध्यक्षमा जिजयी लिङदेनलाई बधाइ दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक लेखेका छन, प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । उनले प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु भनेका छन् । उनले निर्मल निवासले हस्तक्षेप गरेका गरेको भन्दै भत्सना समेत गरेका छन् । उनले लेखेका छन् पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
उनले बधाई ज्ञानेन्द्र बहादुर शाह मैले राहत र उन्मुक्ति पाएको छु भन्दै थापाले भनेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।’